छोरीको सुझावपछि कलाकार प्रशान्त दोस्रो विवाहको तयारीमा

छोरीको सुझावपछि कलाकार प्रशान्त दोस्रो विवाहको तयारीमा

काठमाडौँ :  कलाकार प्रशान्त ताम्राकार सिङ्गल प्यारेन्ट्स हुन्। १३ वर्ष भयो उनको डिभोर्स भएको। डिभोर्सपछि छोरी उनीसँगै बसिन्। उनको छोरी अब १८ वर्ष पुगिसकिन्। अहिले यी दुवैको सम्बन्ध बाबु-छोरी कम साथीको बढी छ। उनी पनि मोडलिङमा रुचि राख्छिन्। केही कार्यक्रममा उनी र्याम्पमा हिँडिसकेकी छिन्।

उनकी छोरी अहिले पनि आमासँग सम्पर्कै छिन्। दुवै भेटघाट गरिरहन्छन्। भेटिरहन्छन्। आमाको कमी बाबुले पुरा गर्न सक्दैनन् भन्नेमा उनी क्लियर छन्। हुन पनि हो। डिभोर्सपछि उनी र उनको श्रीमती सम्बन्ध टुटे पनि छोरीको सम्बन्ध त टुटेको छैन। आमा भनेको आमा नै हो। बाबु भनेको बाबु।

उनले यो बिचमा दोस्रो विवाहको बारेमा सोचेनन्। उनलाई डर थियो कतै दोस्रो विवाह गर्दा छोरीलाई कुनै नकारात्मक प्रभाव पर्ला कि भन्ने लागिरह्यो। उनी छोरीसँगै रमाएर बसे।

छोरी १८ वर्षकी भएपछि भने अब उनैले प्रशान्तलाई दोस्रो विवाहका लागि सुझाव दिने गरेकी छिन्। बाबुको विवाह हेर्न चाहन्छिन् उनी। छोरीको सुझावपछि उनी अब दोस्रो विवाहप्रति सकारात्मक बन्दै गएका छन्।

'छोरीले जीवनमा पार्टनर चाहिन्छ। अब विवाह गर्नुस् भनेर भन्न थालेकी छिन्। जीवनमा साथी त चाहिन्छ नै। अब चैँ म पनि विवाहप्रति सकारात्मक बन्दै गएको छु,' हालै एक अन्तर्वार्तामा उनले भनेका छन्।

फरक लुक्स र अभिनयका कारण नेपाली चलचित्र क्षेत्रमा छोटो समयमै उनी स्थापित भइसकेका कलाकार हुन्। 

मंसिर २१, २०७८ मंगलबार १९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।