कटरिनाको विवाहको सुरक्षाको जिम्मा सलमानको बडीगार्डलाई

कटरिनाको विवाहको सुरक्षाको जिम्मा सलमानको बडीगार्डलाई

एजेन्सी : विवाह गर्दै गरेकी भारतीय अभिनेत्री कटरिना कैफको विवाह स्थलको सुरक्षाको जिम्मा उनको पूर्व प्रेमी सलमान खानका बडीगार्ड शेरा उर्फ गुरमित सिंहले पाएका छन्। कटरिना र विक्की कौसलबिच यही हप्ता राजस्थानमा विवाह हुँदैछ।

विवाह स्थलदेखि सबै सुरक्षाको मुख्य इन्चार्ज शेरा हुन्। शेराले लामो समयदेखि सलमान खानको सुरक्षाको जिम्मेवारी लिँदै आएका छन्। यही बिचमा उनले टाइगर सेक्युरिटीको नाममा कम्पनी समेत चलाउँदै आएका छन्।

सुरक्षासम्बन्धी सेवा दिने यही कम्पनीले कटरिनाको विवाह स्थल लगायतकाले सुरक्षाको जिम्मेवारी पाएका छन्। खानसँग कटरिना सम्बन्धमाहुँदा शेरासँग उनको पारिवारिक सदस्य झैँ आत्मीय सम्बन्ध बनेको थियो। सलमान र कटरिनाको ब्रेक अप भए पनि कटरिनाको खान परिवारसँग सबन्ध टुटेको छैन।

सलमानको बहिनीसँग समेत उनको राम्रो सम्बन्ध छ। पहिल्यैदेखि परिचित र भरोसायोग्य भएकाले नै कटरिनाको विवाह समारोहको सुरक्षाको जिम्मा शेराले पाएका हुन्। कटरिनाले आफ्नो विवाहमा खान परिवारलाई विशेष निम्ता दिएकी छिन्। सलमानको बहिनी र उनको परिवार विवाहमा सहभागी हुने पक्का भए पनि सलमान जाने नजाने पक्का भएको छैन।

सलमानको बुबा सहभागी हुन इच्छुक रहेको तर कोरोनाको नयाँ भेरियन्ट र उनको उमेरका कारण उनले आउँछु नै भन्न भने सकेका छैनन्।

मंसिर २१, २०७८ मंगलबार १९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।