कांग्रेस महाधिवेशन: इतर पक्षबाट सहमहामन्त्री उठ्ने परियारको घोषणा

कांग्रेस महाधिवेशन: इतर पक्षबाट सहमहामन्त्री उठ्ने परियारको घोषणा

काठमाडौंः नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा हालका केन्द्रीय सदस्य जीवन परियारले सहमहामन्त्रीको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले संस्थापन इतर समूहबाट सहमहामन्त्री लड्ने घोषणा गरेका हुन्।

परियारले दलित सहमहामन्त्रीको उम्मेदवार बन्ने बताएका हुन्। उनले यसपटक क्रियाशील सदस्यता छानबिन समितिमा बसेर पनि काम गरेका थिए।

०५४ सालमा नेविसंघ, २ कार्यकाल नेपाल दलित संघको महासचिव भएका उनी १२औं महाधिवेशनबाट केन्द्रीय कार्यसमिति सदस्य बनेका हुन्। १३औं महाधिवेशनमा पनि सदस्य पदमै उनले निरन्तरता पाए। उनी संविधान सभा सदस्य पनि हुन्।

'तपाईंको सभापति को हुनुहुन्छ' भन्ने उकेराको प्रश्नमा उनले भने- 'इतर पक्षको आशीर्वाद प्राप्त गर्छु। सभापतिका आकांक्षी ४ जनाले पनि सहमहामन्त्री स्वीकार्नु हुन्छ।'

मंसिर २१, २०७८ मंगलबार ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।