निखिलको कान्छी श्रीमतीको सन्तानलाई कानुनी नाम दिन डिभोर्स गरेको कोपिलाको दाबी
काठमाडौँ : निखिल उप्रेतीसँग हालै डिभोर्स गरेकी कोपिला उप्रेतीले निखिलको कान्छी श्रीमतीतर्फका सन्तानले कानुनी पहिचान पाउन भनेर आफूले कठोर निर्णय गरेको बताएकी छिन्।
डिभोर्सबारे अनेक चर्चा भएपछि फेसबुकमा लेख्दै उनले डिभोर्स गर्दा निखिलसँग पैसा नलिएको तर उनले आफूलाई महिनाको ५० हजार दिने गरेको उल्लेख गरेकी छिन्।
निखिलले अभिनेत्री सञ्चिता लुइँटेलसँग १३ वर्ष अगाडि विवाह गरेपछि उनको जेठी श्रीमती कोपिला र निखिलबिच भक्तपुर जिल्ला अदालतबाट डिभोर्स भएको थियो। सञ्चितातर्फबाट २ सन्तान छन्। निखिल सञ्चिता र २ सन्तानसँग अपार्टमेन्टमा अलग बस्ने गरेका छन्।
उनले निखिलको भक्तपुरमा रहेको घर र ५० लाख रुपैंया लिएको दाबी सार्वजनिक भएपछि उनले घर १४ वर्ष अगाडि बनाउँदा नै आफ्नो नाममा रहेको बताउँदै डिभोर्स गर्न ५० लाख लिएको हल्ल मात्र भएको दाबी गरेकी छिन्।
कोपिलासँग छोरा बस्दै आएका छन्। कोपिला र छोराका लागि निखिलले मासिक ५० हजार रुपैयाँ दिने गरेका छन्। यो उनले पनि स्वीकार गरेकी छिन्।
उनको स्ट्याटस
'मैँले बिना सम्पत्ति पति निखिल उप्रेतीजी सँग सम्बन्ध विच्छेद गरे को हु।यो नयाँ ठिमीको घर आज भन्दा १४ वर्ष अगाडि नै मेरो नाममा नै थियो। हरेक महिनामा ५० हजार मैल पाएको छु ,यो सत्य हो। मैँले वहाँको दोस्रो सन्तान ले निखिल जीको कानुनी नाम पाउन भनेर यो कठोर निर्णय लिएकी हु कृपया पत्रकार जी गलत समाचार न छापे । मैँले ५० लाख लिएको छैन । सक्दो यो खबर लाई शेयर गर्न सबैलाई अनुरोध गर्दछु । मेरो भावनालाई सम्मान गरिदिनुहोला।’
मंसिर २०, २०७८ सोमबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।