पूर्व प्रेमी सम्झँदै प्रिन्सीले रुँदै भनिन् : संसारमा मैले हेट गर्ने उहाँलाई नै हो
काठमाडौँ : टिकटकबाट उदाएका दिदी-बहिनी प्रिज्मा-प्रिन्सी बिस्तारै म्युजिक भिडियोमा रम्दै गए। अहिले उनीहरू परिचित कलाकार बनिसके। मनोरञ्जनको दुनियामा अफेयर्स र ब्रेकअपका चर्चा चल्छ हराउँछ।
यी दुईमध्ये प्रिज्मा खतिवडा अनि सागर लम्साल बलेविचको प्रेम अनि ब्रेकअपको हल्ला पनि चलिरहे। प्रिज्माका अनुसार दुवैको प्रेम, विवाहको तयारी हुँदै ब्रेक अप पनि मिडियामा भएको हो रियल लाइफमा हैन।
अहिले जुम्ल्याहा उनीहरूको जोडी अर्का जुम्ल्याहा अमर-अमृतसँग जमिरहेको छ म्युजिक भिडियोमा। तर बजारमा यो जोडिको पनि प्रेमको हावा फैलिइसक्यो। जबकि उनीहरू आफूलाई राम्रो साथी मात्र भनिरहेका छन्।
तर प्रिज्मा-प्रिन्सीमा प्रेमको अनुभव भने छ। तर तितो देखियो त्यो अनुभव। बहिनी प्रिन्सीको अनुभव अझै नमिठो रहेछ। रमाइलोछसँग कुरा गर्दै प्रिन्सीले आफ्नो टुटी सकेको सम्बन्धका तितो अनुभव बाँड्दै भनिन्' संसारमा मैले हेट गर्ने नै उहाँलाई हो।'
सेल्फ रेस्पेक्ट नपाउँदा उनको प्रेम टुटेको थियो। उनी विगत कोट्याउँदा कार्यक्रममै रोइन्। भनिन्' मैले रिलेशनसिपमा रेस्पेक्ट पाइन। मैले भन्दा रेस्पेक्ट आफैले पाउन सक्नु पर्छ भने। त्यसले मलाई भित्रसम्म घोच्यो।'
उनले पूर्व प्रेमी को थिए खुलाइनन्। टिकटकमा भाइरल भएपछिको सम्बन्ध या पहिलाको ? त्यो पनि खुलाइनन्। केबल तितो अनुभव मात्र बाँडिन कार्यक्रममा। उनले भनिन्' सम्झँदा अहिले पनि चित्त दुख्छ। मैले सम्बन्धलाई धेरै माथि राखेर आत्मसम्मानलाई तल राखेछु। उहाँलाई पक्कै मेरो आँसु लाग्ने छ। संसारमा मैले हेट गर्ने नै उहाँलाई नै हो।'
बहिनी रुन छाडेपछि दिदी प्रिज्मा बोलिन्। उनले कार्यक्रमको प्रारम्भ तिरै बलेसँगको सम्बन्धबारे बोलिसकेकी थिइन्। बहिनीको अनुभवसँग जोड्दै उनले सुझाव दिइन् ' भोलि यो चेन्ज होला, इज्जत देला , विवाहपछि सुध्रिएला भनेर सम्बन्धमा नबस्नु। अर्कालाई सम्मान गर्न नसिकेकाले कहिल्यै परिवर्तन हुन सक्दैनन्।'
उनले विवाहपछि सुध्रिएला कि भन्दा फसिने बताइन्।
'सम्बन्ध तोड्दा अगाडि बढ्न गाह्रो हुनसक्छ। तर अगाडि बढेपछि पछाडि फर्केर हेर्दा ला म त फस्नबाट जोगिएछु भन्ने अनुभव हुन्छ। मुखले म चेन्ज भइसके भने पनि कहिल्यै परिवर्तन हुन्न,' उनले भनिन्।
उनी सम्बन्धबारे निरन्तर सुझाव दिइरहिन्।
'खुसी हुन चाहने हो भने अर्काको आत्मसम्मान नगर्नेसँग सम्बन्धमा नबस्नु। सम्बन्धभन्दा सम्मान महत्त्वपूर्ण हो। जसले अर्काको सम्मान गर्न सिकेको हुन्छ ऊसँगको सम्बन्ध राम्रो हुन्छ। आत्मसम्मान भए माया आफै पलाउँछ।'
बहिनी रुँदा छ्या नरोन भनेर सम्झाएकी थिइन् उनले। तर सम्बन्धबारे सुझाव दिँदादिँदै उनी नै रोइन अन्त्यमा। बहिनीको तितो प्रेम सम्बन्ध सम्झेर रोइन् या आफ्नै पनि तिता अनुभव थिए खुलाइनन्। तर उनले सम्बन्धबारे गहकिलो सुझाव भने दिइन' कसैले तपाईँको सम्मान गर्न सक्दैन भने त्यो प्रेम लायक छैन।'
मंसिर २०, २०७८ सोमबार १३:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।