कांग्रेस लुम्बिनी प्रदेश : लेखा समिति सभापति शाह पराजित, अमर पुन विजयी

कांग्रेस लुम्बिनी प्रदेश : लेखा समिति सभापति शाह पराजित, अमर पुन विजयी

बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमर पुन विजयी भएका छन्। रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सदस्य रहेका भरत कुमार शाहलाई पराजित गर्दै पुन प्रदेश सभापतिमा निर्वाचित भएका हुन।

सोमबार बिहान सम्पन्न मतगणना अनुसार पुनले ८ सय ५२ मत प्राप्त गरे भने शाहले ७ सय ६७ मत प्राप्त गरे। सभापतिमा विजयी पुन संस्थापनइतर पक्षका हुन।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति रहेका शाह पराजित भएसँगै गृहमन्त्री बालकृष्ण खाँणलाई धक्का लागेको छ।  शाहलाई जिताउनुपर्ने लबिङमा लागेका खाँणको प्रयास सफल हुन सकेन। 

उपसभापतिमा संस्थापन पक्षका राजु खनाल र इतर पक्षका भुवन प्रसाद श्रेष्ठ विजयी भएका छन्। खनालले ७ सय ९२ मत प्राप्त गरे भने श्रेष्ठले ८ सय ४७ मत प्राप्त गरे। 

महामन्त्रीमा संस्थापनइतरका विक्रम खनालले ८ सय ४४ मत ल्याएर विजयी बने भने सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत प्राप्त गरे। संस्थापन पक्षका खिमान सिं रायमाझीले ६ सय ५१ मत र जन्मजय तिमिल्सिनाले ७ सय ९ मत प्राप्त गरे।

सहमहामन्त्रीमा संस्थापनइतरकै विष्णु खनाल (मुस्कान) ८ सय ५९ मतका साथ विजयी भएका छन्। त्यस्तै संस्थापनइतरकै खगराज पाण्डेय ७ सय ७६ मतका साथ विजयी भएका छन्। संस्थापन पक्षका माया पुनले ७ सय ५२ र लक्ष्मी नारायण शाहले ६ सय ७६ मत प्राप्त गरे।

अन्य सदस्यहरूको मत परिणाम आउन बाँकी छ।

मंसिर २०, २०७८ सोमबार ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।