लुम्बिनी कांग्रेसमा पुनको अग्रता कायमै
बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्।
निर्वाचन समितिका सदस्य जीवनारायण अधिकारीका अनुसार ३ सय ६५ मत गणना गर्दा सभापतिका उम्मेदवार पुनले २ सय १६ मत प्राप्त गरेका छन्।
सभापतिका अर्का प्रत्यासी भरतकुमार साहले १ सय ४७ मत प्राप्त गरेका छन् भने २ मत बदर भएको अधिकारीले बताए। पुन रामचन्द्र पौडेल समूहका हुन् भने साह शेरबहादुर देउवा समूहका हुन्।
१९ मंसिर, २०७८, १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।