कांग्रेस प्रदेश अधिवेशन : कर्णालीमा मतदान सकियो, परिणाम भोलि मात्रै
सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावमा ७५४ मत खसेको छ। ७६७ मतदाता मध्ये १३ जना मतदानमा सहभागी नभएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।
अब मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गर्ने तयारी समितिले गरेको छ। निर्वाचनको नतिजा आइतबार मात्रै सार्वजनिक हुने निर्वाचन समितिका सदस्य विवश बस्नेतले जानकारी दिए।
प्रदेश सभापतिमा ललितजंग शाही, मोतीराज बम र भूपेन्द्रजङ्ग शाही उम्मेदवार छन्।
कर्णाली प्रदेशको अधिवेशनमा तीन जना निर्विरोध चयन भएका छन्। प्रदेश भूगोलतर्फ महिला सदस्यमा रम्भा शाही, सुर्खेत जिल्ला प्रत्यक्ष महिला सदस्यमा रेणु आचार्य र मधेसी महिला सदस्यमा चन्द्रा यादव निर्विरोध चयन भएका हुन्।
मंसिर १८, २०७८ शनिबार २१:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।