राप्रपामा सुस्त मतदान,४२ सयमा बल्ल १७ सय खस्यो
काठमाडौँ : नयाँ नेतृत्व छान्न राष्ट्रिय प्रजातन्त्र पार्टीमा भइरहेको मतदानको गति अति सुस्त भएको छ। तीन बज्दा जम्मा एक हजार ७ सय मत मात्र खसेको छ।
लाइन अति सुस्त हुँदा प्रतिनिधिहरू आक्रोशित भएका छन्। बिहान मतदान ढिलो थालिएको थियो। अध्यक्षका लागी कागजी मतपत्र र अन्य पदमा डिजिटल मतदान गरिएको छ।
डिजिटल मतदान अगाडि प्रतिनिधिलाई पर्याप्त अभ्यास नगराउँदा अलमल देखियो। पार्टी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङदेन प्रतिस्पर्धामा छन्। लिङदेन व्यक्तिगत मत तान्न सक्रिय देखिएका छन् भने थापा समूहगत।
मतदान हुँदै गर्दा दिउसा आएर पशुपति शमशेर राणाले आफ्नो समर्थन लिङदेनलाई नभएको सन्देश सम्प्रेषण गरेका छन्। फेसबुकमा राणाको समर्थन लिङदेनलाई भनेर प्रचार भएको भन्दै उनले सन्देश जारी गरेर आफू काँचो नेतृत्वको पक्षमा नभएको बताएका छन्।
अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले भने लिङदेनलाई समर्थन गरेका छन्। मतदानस्थका मतदाता जसले राजतन्त्र फर्काउन सक्छ उसैलाई मत भनिरहेका छन्।
राणाले लिङदेनको पक्षमा नभएको शन्देसदिँदा थापालाई केही सहज बनेको छ। लोहनीको सङ्गठनमा बलियो पकड नभएकाले राणाको समर्थनको विशेष अर्थ लाग्ने देखिन्छ। बुद्धिमान तामाङ लगायतका पुराना नेताहरू पनि थापाको पक्षमा छन्। युवा नेताहरू भने लिङदेनको पक्षमा खुलेका छन्।
मंसिर १८, २०७८ शनिबार १५:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।