राप्रपा महाधिवेशन : भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट नेतृत्व चयन गर्न मतदानको तयारी भएको छ।
मतदानका लागि राप्रपाका महाधिवेशन प्रतिनिधिहरू लाइनमा बसेका छन्। मतदाताको भिड नियन्त्रण गर्न मिलाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ। तर, मतदान नै भने सुरु भएको छैन।
राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेन चुनावी प्रतिस्पर्धामा छन्। अध्यक्षका प्रत्याशी लिङदेनले आफूलाई पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको समर्थन रहेको दाबी गरेका छन्।
उनले राप्रपा इतिहासमै कमजोर रहे पनि राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा बलियो रहेको बताए। उनले चुनावपछि राप्रपाका नेता कार्यकर्ता कुनै पनि गुटको मान्छे नहुने बताए। अध्यक्षका प्रत्याशी लिङदेनले चुनावपछि राप्रपामा गुट अन्त्य हुने बताए।
राप्रपाको महाधिवेशनमा ४ हजार ४६९ प्रतिनिधिले मतदान गर्नेछन्। अध्यक्ष बाहेकका पदमा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुँदै छ। भोटिङ मेसिनमा नाम चढाउने काम भइरहेकाले मतदान सुरु हुन केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ।
मंसिर १८, २०७८ शनिबार १०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।