अभिनेत्री करिश्मा र गायिका रचना पास भए
काठमाडौँ : अभिनेत्री करिश्मा मानन्धर र गायिका रचना रिमाल कक्षा १२ उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको नतिजामा मानन्धर २.४१ जिपिए र रिमाल ३.४४ जिपिए ल्याएर उत्तीर्ण भएका हुन्।
गत भदौ-असोजमा परीक्षा भएको थियो।
मानन्धरले गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी थिइन्। करिष्मा राजनीतिमा सक्रिय भएपछि रोकिएको आफ्नो पढाई पुन सुरु गरेकी थिइन्। उनी अब पढाइलाई निरन्तरता दिने पक्षमा छिन्। उनी ग्रामीण विकास विषय लिएर स्नातक पढ्ने तयारीमा छिन्।
पछिल्लो समय निकै व्यस्त गायिका रिमालले झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट परीक्षा दिएकी थिइन्। उनी अब काठमाडौँमा सङ्गीत विषय लिएर स्नातक तह अध्ययन गर्ने योजनामा छिन्।
मंसिर १७, २०७८ शुक्रबार १५:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।