प्रतिनिधिलाई किन्तु-परन्तु भन्ने छुट छैन : लिङ्देन

प्रतिनिधिलाई किन्तु-परन्तु भन्ने छुट छैन : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो जित सुनिश्चित भइसकेको र औपचारिकता पाउन मात्र बाँकी रहेको दावी गरेका छन्।

सबै युवा पंक्ति आफ्नो पक्षमा रहेको र आउँदा दिनको राप्रपा विल्कुलै फरक ढंगले अगाडि बढाउने पनि उनले बताए। 'यो राप्रपाको मात्रै कुरा होइन, राप्रपाले लिएको राजसंस्था र हिन्दु राष्ट्रको मुद्दाको जीवनको कुरा हो,' उनले भने, 'त्यसकारण अहिलेका राप्रपाका प्रतिनिधिले किन्तु-परन्तु भन्ने कुरै आउँदैन।'

सबै कार्यकर्ताले नेतृत्व परिवर्तनको पक्षमा निर्णय गर्ने र खाली त्यसलाई वैधानिकता दिन मात्र बाँकी रहेको उनले बताए।

लिङ्देनले आफूले जितेको ६ महिनाभित्र मुलुकमा राजसंस्था, हिन्दु राष्ट्र चाहिन्छ, सबैले देशमै गरिखान पाउनुपर्छ भन्ने तमाम व्यक्तिलाई समेटेर एउटा राष्ट्रिय शक्ति निर्माण गरिने उल्लेख गरेका छन्।

विक्रम पाण्डे, रामचन्द्र राय र तिलबिक्रम राजभण्डारी आफ्नो पार्टबाट उपाध्यक्षको उम्मेदवार रहेको समेत उनले बताए।

मंसिर १७, २०७८ शुक्रबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।