'थ्री इडियट्स' खेल्नै चाहँदैनथे बोमन इरानी

'थ्री इडियट्स' खेल्नै चाहँदैनथे बोमन इरानी

काठमाडौं : बलिउडका चर्चित अभिनेता बोमन इरानीले आमिर खान अभिनित सुपरहिट फिल्म 'थ्री इडियट्स' मा आफूले अभिनय नै गर्न नचाहेको खुलासा गरेका छन्।

यो फिल्ममा बोमनले निभाएको बिरु सहस्त्रबुद्धि अर्थात् भाइरसको भूमिका हिन्दी फिल्मको सबैभन्दा आइकनिक भूमिकामध्ये मानिन्छ।

तर, उनले एउटा सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै भनेका छन्, 'म यो फिल्ममा अभिनय नै गर्न चाहँदैनथें। मैले मेरो ठाउँमा इरफान खानलाई खेलाउन सल्लाह समेत दिएको थिएँ।'

थ्री इडियट्सको भूमिका 'मुन्नाभाइ' वाला भूमिकासँग मेल खाने खालको थियो। उनले भनेका छन्, 'दुवै फिल्ममा कलेजका डिन बन्नुपर्ने थियो। दुवैमा मेरी छोरीको प्रेम हिरोसँग हुनुपर्ने थियो जसलाई म निकै घृणा गर्छु। र, दुवै फिल्ममा ठूलो लेन्सवाला चश्मा लगाउनुपर्ने थियो।'

त्यसैले फिल्म निर्माता राजु हिरानीसँग थ्री इडियट्समा खेल्न इन्कार गरेको बताएका छन्। तर राजुले कर गरेर आफूलाई भाइरसको भूमिकामा अभिनय गराएरै छाडेको पनि बोमनले अन्तर्वार्ताका क्रममा बताए।

मंसिर १७, २०७८ शुक्रबार १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।