तोप बनेर आइन् आश्मा, जगतको बोली सुधारिएन
कार्यक्रमका टप १३ छान्न भएको अन्तिम अडिसन राउन्डमा आश्मा खरानी रङ्गको ड्रेसमा आएकी थिइन्। उनी सुन्दर देखिएकी थिइन्। हुन त अर्की जज निरुताले पनि मेन्टेन नगरेकी हैन। तैपनि उमेर अनुसार शुन्दरतामा केही फरक त परिहाल्छ।
कार्यक्रमका तेस्रो जज जगत रावलको बोली भने अझै सुध्रिएन। उनलाई नेपाली बोल्न निकै सकस परिरहेको थियो। सन् २००९ बाटै भारतमा बसेर हुनसक्छ उनको नेपाली बोली भारतीय लबजको सुनिन्छ।
कार्यक्रममा टिपिकल नेपाली नृत्य भन्दा वेस्टर्न डान्सले नै बढी प्राथमिकता पाएको देखियो। छनौट पनि त्यस्तै हाबी देखियो। कार्यक्रममा दुवै प्रस्तोता जम्न सकेका छैनन्। फुलन्देकी आमाको क्यारेक्टर बोरिङ देखिन थालेको छ। उनका लागि मुन्द्रेको कमेडी शोको मञ्च राम्रो थियो।
टप १३ मा छानिएका केही प्रस्तोता अब्बल डान्सर देखिएका छन्। युट्युबमा कार्यक्रम प्रसारण गर्दा कपी राइटका कारण केही गीत बजाइएन। यत्रो रियालिटी शो सञ्चालन गर्दा नेपाली गीतकै कपी राइट नलिनु लाजमर्दो नै देखियो। ग्रुप डान्सका लागि स्टेज साह्रै सानो देखिन्छ। सायद फ्रेन्चाइज कार्यक्रम नभएर हो कि कार्यक्रमको प्रडक्सनमा खर्चमा धेरै सम्झौता गरेको देखिन्छ। अनि नाटकीयपन दिन जजहरूको हातमा नक्कली गुलाफको फुल दिएको कत्ति सुहाएन है।
मंसिर १६, २०७८ बिहीबार २३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।