बहुविवाहको १३ वर्षपछि बल्ल जेठीसँग डिभोर्स भो निखिलको
बहुविवाह गरेको १३ वर्षपछि जेठी श्रीमती कोपिला उप्रेतीसँग उनको सम्बन्ध विच्छेद भएको छ भक्तपुर जिल्ला अदालतमा। यी दुवै सम्बन्ध विच्छेद भएको हालसालै हैन भदौ १ गते हो।
यो बिचमा उनीहरूको सम्बन्ध गुपचुपै रह्यो। उनको जेठी श्रीमती कोपीलाले फेसबुकमा लेखेपछि मात्रै दुबैबिच सम्बन्ध विच्छेद भएको खुलेको हो।
जिल्ला न्यायाधीश उमेश कोइरालाको एकल इजलासले सम्बन्ध विच्छेदका लागि दिएको निवेदन अनुसार फैसला गरेका हुन्। विवाहित हुँदाहुँदै निखिलले सन् २००८ मा सञ्चितासँग दोस्रो विवाह गरेका थिए।
दोस्रो विवाह गर्दा उनको छोरा थियो। अहिले सञ्चिता र उनको २ सन्तान छन्। निखिल सञ्चितासँग बस्दै आएका छन्। कोपिला छोरासँग भक्तपुरको घरमा बस्छिन्।
निखिल पछिल्लो समय अभिनयमा समेत निष्क्रिय छन्। उनी अध्यात्मतिर लागेका छन्। सञ्चिता पनि अहिले अभिनयमा सक्रिय छैनन्। उनी २ सन्तान हुर्काउन व्यस्त छिन्।
सम्बन्ध विच्छेद नभएको अवस्थामा निखिलमाथि बहुविवाहको मुद्दाको जोखिम थियो। त्यो अब हटेको छ। कोपीलाले राजि खुसीमा अलग भएको र अझै मिल्ने साथी नै रहेको लेखेकी थिइन्।
मंसिर १६, २०७८ बिहीबार २२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।