कांग्रेसमा महिला क्रियाशीलको सङ्ख्या जम्मा २३ प्रतिशत

कांग्रेसमा महिला क्रियाशीलको सङ्ख्या जम्मा २३ प्रतिशत

काठमाडौंः नेपाली कांग्रेसमा महिला क्रियाशील सदस्यको सङ्ख्या पुरुषको तुलनामा अति न्यून रहेको छ। कुल ८ लाख ४० हजार १०६ जना क्रियाशील सदस्येमध्ये कांग्रेसमा महिलाको संख्या एक लाख ९५ हजार ३७२ मात्र छ।

यो सङ्ख्या कुल सदस्य सङख्याको करिब २३ प्रतिशत मात्र हो।

कांग्रेसमा वृद्ध क्रियाशील सदस्यको सङ्ख्या (६१ वर्षमाथिका) ९३ हजार ८६ जना रहेको पार्टीको प्रचार प्रसार समितिले जनाएको छ। यो कुल क्रियाशील सदस्यको ११ प्रतिशतभन्दा बढी हो।

यस्तै समावेशीतर्फ दलित ४४ हजार १७७ जना, आदिवासी जनजाति दुई लाख ६ हजार ७३६ जना, मुस्लिम १६ हजार १८२ जना, थारु २७ हजार ३३८ जना छन्।

त्यस्तै, मधेशी ८९ हजार ४३९ जना, खसआर्य तीन लाख ६७ हजार २७४ जना, पिछडिएको क्षेत्रबाट १४ हजार ३०६ जना, अपाङ्गता भएको १८२ र अल्पसङ्ख्यक ६ हजार ६२५ जना रहेको कांग्रेसले जनाएको छ।

उमेर समूहअन्तर्गत ४० वर्षसम्मका दुई लाख ८२ हजार २२९ जना छन्। यो सङ्ख्या कुल क्रियाशीलको ३१.४० प्रतिशत हो। ४१ देखि ६० वर्षसम्मका तीन लाख २१ हजार १७४ जना छन्। 

क्षेत्रगत तथ्यांकको आधारमा सबैभन्दा धेरै क्रियाशील बागमती प्रदेशमा एक लाख ८६ हजार ३३५ छन् भने सबैभन्दा थोरै कर्णाली प्रदेशमा ५३ हजार ५९६ जना छन्।

त्यस्तै, प्रदेश नम्बर १ मा एक लाख ७४ हजार ८१३ जना, प्रदेश नम्बर २ मा एक लाख ९९९ जना, गण्डकी प्रदोशमा एक लाख १८ हजार १४५ जना, लुम्बिनी प्रदेशमा एक लाख ३१ हजार ११७ जना र सुदूरपश्चिम प्रदेशमा ७५ हजार १०१ जना रहेको पार्टीले जनाएको छ।

मंसिर १६, २०७८ बिहीबार १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।