कांग्रेस महाधिवेशन: देउवाको प्रदेशमा नेतृत्त्वका आकांक्षी धेरै

कांग्रेस महाधिवेशन: देउवाको प्रदेशमा नेतृत्त्वका आकांक्षी धेरै

कैलालीः नेपाली कांग्रेसको आजबाट सुरु भएको प्रदेश अधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेतृत्त्व छान्न सकस देखिएको छ। सभापतिका आकांक्षी धेरै भएपछि प्रधानमन्त्री तथा पार्टी सभापति देउवाकै प्रदेशमा नेतृत्त्व छान्न सकस भएको हो। 

सुदूरपश्चिमको प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ। 

कांग्रेस सुदूरपश्चिमको नेतृत्त्वका लागि पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुनजंगबहादुर सिंह र गोविन्द शाह, कैलालीका पूर्वसभापति नरनारायण शाह, सुदूरपश्चिम प्रदेश सभा सदस्य गोविन्द बोहरा, भरत खड्का र नेता पुष्प शाही आकांक्षीको रूपमा देखिएका छन्। 

प्रदेशको निर्वाचन तालिकाअनुसार शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुनेछ।

सुदूरपश्चिममा १६ प्रतिनिधि सभा र ३२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट ९७५ प्रतिनिधि छनोट भएका छन्। कैलाली र अछामबाहेक सात जिल्लामा कांग्रेसको नयाँ नेतृत्व चयन भइसकेको छ।

मंसिर १६, २०७८ बिहीबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।