विहेपछि पनि भारतीय हुन पाउँदिनन् कटरिना कैफ
एजेन्सीः बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरिना कैफ विवाह बन्धनमा बाँधिदैछन्। ७ देखि ९ डिसेम्बरसम्म उनीहरूको विवाह राजस्थानको माधोपुरमा हुँदैछ।
राजस्थानमा विवाह गर्नुअघि उनीहरू कोर्ट म्यारिज गर्दैछन्। यद्यपि, विवाहपछि पनि कटरिना भारतीय नागरिक हुन भने पाउँदिनन्।कटरिनाले भारतको नागरिकता प्राप्त गर्नलाई ७ वर्ष पर्खनुपर्ने छ।
भारतको कानूनअनुसार विदेशी नागरिकले भारतीयसँग विवाह गरेको हकमा ७ वर्षपछि मात्र भारतको नागरिकता प्राप्त गर्छन्। यता कटरिनासँग अझै पनि विदेशी नागरिकता र विदेशी पासपोर्ट भएका कारण उनले तत्कालै भारतीय हुन भने पाउनेछैन। उनको खास नाम पनि कटरिना टरक्योट हो।
मंसिर १६, २०७८ बिहीबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।