राप्रपा महाधिवेशन: आजबाट निर्वाचन प्रक्रिया
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ। बुधबारदेखि सुरु भएको महाधिवेशनको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरिसकेका छन्।
राप्रपाको नयाँ नेतृत्त्व चुन्नका लागि देशभरबाट ४२ सय प्रतिनिधि आएका छन्। उनीहरूले एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्रीसहित एक सय ४१ नयाँ नेतृत्त्व चयन गर्नेछन्। यस्तै निर्वाचित अध्यक्षले ५० जना केन्द्रीय सदस्य मनोनित गर्नेछन्।
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले बुधबार काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गरेका थिए।
मंसिर १६, २०७८ बिहीबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।