मौसम अपडेट: पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र भारी हिमपात

मौसम अपडेट: पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा र भारी हिमपात

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपालका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव रहेको कारण मौसममा फेरबदल हुने भएको हो। 

हाल नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसैकारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली  रहेको छ।

यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ।

यस्तै आज राति पनि यही मौसम प्रणाली जारी रहनेछ। 

मंसिर १६, २०७८ बिहीबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।