संस्थापन इतरबाट बागमती प्रदेश सभापतिमा जगदीश्वर उम्मेदवार

संस्थापन इतरबाट बागमती प्रदेश सभापतिमा जगदीश्वर उम्मेदवार

काठमाडौँ : नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन इतर समूहबाट जगदीश्वर नरसिंह केसी उम्मेदवार बन्ने भएका छन्।  वरिष्ठ नेता रामचन्द्र पौडेल,पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी र गगन थापाको समर्थनमा केसी प्रदेश सभापतिको उम्मेदवार बन्न लागेका हुन्।

उनी यसअघि नुवाकोट कांग्रेसकाे जिल्ला सभापति थिए। यस पटक उनले जिल्ला छेडेपछि भाइ केदार नरसिंह केसी उठेर पराजित भएका थिए। केसी अर्जुननरसिंहका भाइ र गगनका ससुरा हुन्।

केसी प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैँटेका संरक्षक थिए। उनी इन्काउन्टरपछि खुलेर विरोधमा उत्रिएका थिए।

सभापति शेरबहादुर देउवा समूहबाट इन्द्र बानियाँ उम्मेदवार बन्दैछन्।कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधान उम्मेदवार बन्दैछन्। तीन उम्मेदवारमध्ये बानियाँ बलिया हुन्। अन्य क्षेत्रमा देउवा र सिटौला एकै प्यानलमा उम्मेदवार उठाउँदै आएकाले अन्तिममा प्रधान र बानियाँबिच सहमति हुनसक्ने सम्भावना छ।

मंसिर १५, २०७८ बुधबार २२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।