टिकटक मोहले कारबाहीमा पर्दै सुरक्षाकर्मी, प्रहरी पोसाकमै टिकटक बनाउँदा असई तानिए हेडक्वाटर
काठमाडौँ : प्रहरीको पोसाक लगाएर टिकटक बनाउने असई कारबाहीमा परेका छन्। प्रदेश नम्बर १ मा एक मन्त्रिको सुरक्षामा खटिएका असई कमलेश यादवले प्रहरी पोसाकमै टिकटक बनाएपछि प्रहरी प्रधान कार्यालयले उनलाई अनुसन्धानात्मक कारबाहीका लागि प्रहरी प्रधान कार्यालय तानेको छ।
उनलाई प्रदेश नम्बर १ मा तानेर अहले सुरक्षा सेवा निर्देशनालयमा राखिएको छ। उनलाई जिम्मेवारीबाट हटाएर प्रहरी पोसाकमा टिकटक लगायतका सामाजिक सञ्जालमा नराख्न दिएको निर्देशन उलङ्घन गरेकोमा कारबाहीका लागि स्पष्टीकरण सोध्ने तयारी गरिएको छ।
प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल सम्बन्धी संहिता जारी गर्दै प्रहरी पोसाकसहित सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्न निषेध गरेको थियो। तर अधिकांश उच्चतहकै प्रहरी अधिकारीले यसको उलङ्घन गर्ने गरेका छन्।
प्रहरी पोसाकमा टिकटक बनाउन निषेध गरे पनि टिकटकमा प्रहरी पोसाक लगाएर टिकटक बनाउने प्रहरीहरूको सङ्ख्या टन्नै देखिन्छ। यस अगाडि श्रीमतीसँग प्रहरी पोसाकमै टिकटक बनाएपछि सई रत्नबहादुर थापा कारबाहीमा परेका थिए।
नेपाल प्रहरीमा मात्रै हैन सशस्त्र प्रहरी बलका सदस्यहरू पनि प्रहरी पोसाकमै टिकटकमा टन्नै देखिन्छन्। केही समय अगाडि भिटेनको र्यापमा मान्छे मार्छु भन्दै टिकटक बनाउँदा सशस्त्रका सिपाही बलबहादुर परियार कारबाहीमा परेका थिए। हिमकला लिम्बु युजरबाट एक युवती सधैँ सशस्त्र प्रहरीको पोसाकमा टिकटक बनाउने गरेकी छिन्। उनी सशस्त्रकै कर्मचारी हुन्।
मंसिर १५, २०७८ बुधबार २०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।