ब्लाइन्ड डेटकी बोल्ड शिलु जसले हैरान पारिन् गोल्डीलाई

ब्लाइन्ड डेटकी बोल्ड शिलु जसले हैरान पारिन् गोल्डीलाई

काठमाडौँ : कुनै टेलिभिजन च्यानलबाट प्रसारण नभए पनि डेटिङ सम्बन्धी रियालिटी शो ब्लाइन्ड डेटको क्रेज कम छैन। यो युट्युबमा हेर्न सकिन्छ। डान्सिङ, सिङगिङ अनि कमेडी सम्बन्धी रियालिटी शो टेलिभिजन च्यानलहरूले प्रसारण गर्दै आएका छन्।

यो कार्यक्रम टेलिभिजन च्यानलबाट प्रसारण नभए पनि टेलिभिजनबाट प्रसारण भइरहेका रियालिटी शो भन्दा कम छैन यसको क्रेज। सुपरहिट सिनेमा नेपाल नामक युट्युब च्यानलबाट प्रसारण भइरहेको यो कार्यक्रमको ६० एपिसोड प्रसारण भइसकेको छ।

यसका जोडीहरू डिजिटल दर्शकमाझ लोकप्रिय छन्।  देवेन्द्र पाण्डे, ममता माझी, रामप्रसाद पोखरेल, नबर्दा, शिलु पोखरेल अनि केके अर्थात् गोल्डीको क्रेज बढिरहेको छ। त्यसमा पनि विशेष शिलु र केकेको जोडी हिट छ यो सिरिजमा।

त्यसको कारण हो शिलुको बोल्डनेस। कार्यक्रममा उनी निकै बोल्ड रूपमा प्रस्तुत हुने गरेकी छिन्। अन्य जोडिको तुलनामा यी दुबैका संवादहरू पनि रमाइला छन्। एकै कोठा सेयर गरेका बसेका उनीहरूबिच प्राय नोकझोक चलिरहन्छ।

सँगै बसेपछि सबै काम सेयर हुनुपर्छ भने पनि शिलुले गोल्डीलाई खाना पकाउनेदेखि लुगा धुनेसम्मको काम लगाउँछिन्। प्राय पुरुषहरूले नुहाएपछि आफ्ना भित्री वस्त्र श्रीमतीलाई धुन लगाउँछन्। त्यसको प्रतिरोध स्वरूप यो कार्यक्रममा शिलुले गोल्डीलाई आफ्नो अन्तर वस्त्र धुन लगाउँछिन्।

कपडा धुनु भन्दा गोल्डीले अस्वीकार गर्दा शिलु भन्छिन्' केटाहरू केटीको कपडा खोल्न भनेपछि उत्साहित भइहाल्ने। कपडा धुन भनेपछि चैँ नाइँ रे।'

पेन्टी र ब्रा धुँदै गोल्डी भन्छन्' केटीहरू कति साना साना कपडा लगाउने के।'

हरेक एपिसोडमा प्राय बाझी रहने यी दुबैबिच प्याचअप भने हुन्छ। ५८ औँ एपिसोडमा यी दुवैले सिक्री साटासाट गर्दै मनका कुरा सेयर गर्छन्। छतमा बसेर वाइन खाँदै माया प्रेमका कुरा गर्छन्। ५८ एपिसोड १० लाख ७२ हजारले हेरिसकेका छन्। यसले यो कार्यक्रमको क्रेज देखाउँछ नै।

यो कार्यक्रमको सफलतासँगै रियालिटी शो प्रसारणका लागि कुनै टेलिभिजन च्यानलै चाहिन्छ भन्ने सोच यसले बदलेको छ। अहिलेको डिजिटल जमानामा आइडिया लगाउन सक्ने हो भने युट्युब लगायतका प्लेटफर्मबाट समेत पपुलर हुन सकिन्छ भन्ने पुष्टि भएको छ।

मंसिर १५, २०७८ बुधबार १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।