राप्रपा महाधिवेशनमा चौधरीको गुनासो : चाटुकारबाट ठगियौ 

राप्रपा महाधिवेशनमा चौधरीको गुनासो : चाटुकारबाट ठगियौ 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनको तीन अध्यक्षले उद्घाटन गरेका छन्। तीन वटा पानसमा तीन अध्यक्ष पशुपति शमशेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले बत्ती बालेर उद्घाटन गरेका हुन्। 

महाधिवेशनमा पार्टीको झन्डोत्तोलन राप्रपाका वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दले गरेका छन्। सहभागीहरूको तर्फबाट राप्रपा बारा जिल्लाका अध्यक्ष गिरिधारी प्रसाद चौधरीले सम्बोधन गरेका छन्। 

चौधरीले कांग्रेस र एमालेसँग तत्काल प्रतिस्पर्धामा जानु पर्ने अवस्था आएको बताए। उनले ‘ब्याक टु भिलेज’मा जानु पर्ने आवश्यकता रहेको बताए। केन्द्रीय नेता भएपछि गाउँ नजाने मानसिकता त्यागेर गाउँ गाउँमा जानु पर्ने चौधरीले बताए। 

चाटुकारबाट संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रकाे मागमा आफूहरू ठगिएको उनले बताए। 

मंसिर १५, २०७८ बुधबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।