स्वस्ति वाचनबाट सुरु भयो राप्रपाको एकता महाधिवेशन 

स्वस्ति वाचनबाट सुरु भयो राप्रपाको एकता महाधिवेशन 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। नयाँ नेतृत्व चयन गर्ने राप्रपाको महाधिवेशनमा स्वस्ति वाचन भएको छ।

महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पुगेका छन्। लोकतान्त्रिक समाजवादीका नेता अनिल कुमार झा पनि राप्रपाको महाधिवेशन उद्घाटन सत्रमा पुगेका छन्। 

‘स्वागत छ राष्ट्रवादीहरूलाई, स्वतन्त्रता र स्वाभिमान जोगाउनेहरूलाई’ भन्ने गीतले महाधिवेशनका प्रतिनिधि र पाहुनाहरूको स्वागत गरिएको छ। राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन्। 

स्वागत गानको रचना राप्रपाका नेता भुवन पाठकले गरेका हुन्। 

मंसिर १५, २०७८ बुधबार १२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।