जुम्लामा बस दुर्घटना, दुई जनाको मृत्यु

जुम्लामा बस दुर्घटना, दुई जनाको मृत्यु

जुम्ला : जुम्लाको सिञ्जा गाउँपालिकामा ना ६ ख ४४३८ नम्बरको बस दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सिञ्जा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा सडकदेखि करिब २ सय मिटर तल खसेर बस दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

दुर्घटनामा नवीन रावल र विशाल बमको घटनास्थलमै मृत्यु भएको छ। 

बसमा चार जना मात्र सवार थिए। घाइते दुई जनालाई उद्धार गरेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउन एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मंसिर १५, २०७८ बुधबार ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।