आजदेखि सुरु हुँदै राप्रपाको एकता महाधिवेशन  

आजदेखि सुरु हुँदै राप्रपाको एकता महाधिवेशन  

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदै छ। महाधिवेशन बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको राप्रपाले जनाएको छ। 

राप्रपाको चुनावी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहराको समर्थन छ भने लिङदेनलाई डाक्टर प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणाले खुलेरै समर्थन गरेका छन्। 

राप्रपाको महाधिवेशनमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तीमा नौ जना र सक्रियता सदस्य बढी भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रतिनिधि सहभागी हुँदै छन्। 

मंसिर १५, २०७८ बुधबार ०८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।