सुदुरपश्चिम, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना
काठमाडौं : सुदूरपश्चिम र कर्णालीको मौसम सामान्य देखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आकाशमा डम्म बादल लागेको र मौसम सामान्यदेखि पूर्णतया बदली रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन।
लुम्बिनी र गण्डकी प्रदेशको मौसममा अहिले सुधार आएको छ। बिहानै पूर्ण बदली रहेको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् शाक्यले बताइन।
नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको विभागले जनाएको छ।
बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको छ। मंगलबार न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस रहेको थियो।
दिउसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले मौसम बुलेटिन निकालेर जानकारी दिएको छ।
यी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानमा हल्का देखि मध्यम हिमपात हुनसक्ने विभागले अनुमान गरेको छ।
मंसिर १५, २०७८ बुधबार ०७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।