देशमा चुनावको माहोल बन्दै गएको छ : प्रचण्ड
बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूले अहिले आयोजना गरेको सम्मेलन र महाधिवेशन आउने निर्वाचनको तयारी जस्तो देखिएको बताएका छन्।
स्वर्गीय राम प्रसाद बन्जाडेको श्रद्धाञ्जली सभामा उनले देशमा चुनावको माहोल बन्दै गएको बताए। उनले देशमा चुनावको माहोल बन्दै गएको र लोकतन्त्रको लागि चुनाव आवश्यकता रहेको बताए।
‘चुनाव स्वच्छ ,निष्पक्ष, धाँधली रहित तरिकाले सञ्चालन हुनु पर्छ,’प्रचण्डले भने,‘राजनीतिक दलहरूको आपसी समझदारी र सहकार्य सहित देशमा राजनीतिक स्थायित्व बनाउन जरुरी छ।’
उनले संविधान निर्माण गर्दा समाजवाद उन्मुख राज्य परिकल्पना गरेको बताउँदै समावेशी समानुपातिक मान्यतालाई साँचो अर्थमा लागु गर्न सबैले मेहनत गर्न आवश्यक रहेको बताए।
मंसिर १४, २०७८ मंगलबार २२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।