अध्यक्षमा पराजित रावल र उपाध्यक्षमा पराजित भुसाल केन्द्रीय सदस्यमा निर्वाचित 

अध्यक्षमा पराजित रावल र उपाध्यक्षमा पराजित भुसाल केन्द्रीय सदस्यमा निर्वाचित 

चितवन : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भीम रावल खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानको अन्तिम परिणाम सार्वजनिक गर्दै रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका जानकारी हो। 

आयोगलाई रावलले आफ्नो उम्मेदवारी अध्यक्षमा मात्रै रहेकाले केन्द्रीय सदस्यमा नाम नराख्न अनुरोध गरे पनि पदाधिकारीमा उम्मेदवारी दिनेहरूको स्वतः नाम रहने जानकारी सुब्बाले गराए। 

यस्तै उपाध्यक्षमा पराजित घनश्याम भुसाल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। एमालेको केन्द्रीय सदस्यमा उज्ज्वन कुमार श्रेष्ठको हत्यामा दोषी ठहर भई जेल सजाय भोगेका बालकृष्ण ढुङ्गेल पनि विजयी भएका छन्। 

पूर्वमाओवादीबाट मणिचन्द्र थापा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सचिवमा उम्मेदवारी दिएका टंक कार्की भने पराजित भएका छन्। 

मंसिर १४, २०७८ मंगलबार १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।