एमाले महाधिबेशन : नयाँ नेतृत्वमा लुम्बिनी प्रदेश हावी

एमाले महाधिबेशन : नयाँ नेतृत्वमा लुम्बिनी प्रदेश हावी

बुटवल : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेशनबाट चुनिएको नयाँ नेतृत्वमा लुम्बिनी प्रदेश हावी देखिएको छ। पदाधिकारीका महत्वपूर्ण पद संगै कार्यकारी सदस्यमा लुम्बिनी प्रदेश हावी देखिएको हो।

एमालेको महासचिव सहित उपाध्यक्ष, सचिवमा लुम्बिनी प्रदेशका नेताहरु नवनिर्वाचित केन्द्रीय कमिटीमा परेका छन्। 

महासचिवमा लुम्बिनी प्रदेशबाट दाङका शंकर पोखरेल निर्विरोध निर्वाचित भए। उपाध्यक्षमा विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन्। 

त्यस्तै उपमहासचिवमा लुम्बिनी प्रदेशबाटै गुल्मीका प्रदीप ज्ञवाली निर्वाचित भएका छन्। त्यस्तै सात सचिव मध्ये २ सचिव लुम्बिनी प्रदेशबाटै निर्वाचित भएका छन्।

पुर्व माओवादी कोटाबाट अर्घाखाँचीका टोप बहादुर रायमाझी, रुपन्देहीका छविलाल विश्वकर्मा र गुल्मीका गोकर्ण विष्ट सचिवमा निर्वाचित भएका छन्।  

बाम विश्लेषक कृषि आजातले लोकप्रिय र क्षमताले नै लुम्बिनीका नेता पदाधिकारीमा चुनिएको बताए। 

मंसिर १४, २०७८ मंगलबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।