बन्द सत्र समापनमा ओली र रावल सँगै  

बन्द सत्र समापनमा ओली र रावल सँगै  

चितवन :  नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली रातो खादा गलामा भिरेर बन्द सत्र समापन कार्यक्रममा पुगेका छन्।

अध्यक्षका प्रत्यासी भीम रावल ओलीको दायाँ कुर्सीमा बसेका छन् भने बायाँ कुर्सीमा उपाध्यक्ष युवराज ज्ञवाली बसेका छन्। 

ओली पटक पटक बायाँतर्फ नै ढल्किरहेका छन्। ओलीको दायाँ रोहमा रावलसँगको कुर्सीमा  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेका छन् भने पोखरेलसँगै रामबहादुर थापा बादल बसेका छन्।

ओलीको बायाँ उपाध्यक्षमा निर्वाचित ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ बसेका छन्। ओलीले मास्क नलगाई बन्द सत्रको समापन कार्यक्रमको अध्यक्षता गरिरहेका छन्। 

एमालेको निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गर्ने बन्द सत्रको समापन कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ। 

निर्वाचन आयोगले तयारी गरिरहेको भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उपमहासचिवमा निर्वाचित प्रदीप ज्ञवालीलाई प्रस्ताव पेस गर्न समय दिएका छन्। 

मंसिर १४, २०७८ मंगलबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।