बादललाई स्वीकार्ने महाधिवेशन प्रतिनिधिले घनश्यामलाई स्वीकारेनन्

बादललाई स्वीकार्ने महाधिवेशन प्रतिनिधिले घनश्यामलाई स्वीकारेनन्

काठमाडौँ :  निर्वाचन हुने पक्का भएपछि एमालेको अध्यक्षमा केपी ओली दोहोरिनेमा कुनै शङ्का थिएन। तर उपाध्यक्ष र सचिवमा उम्मेदवारी दिएका घनश्याम भुसाल र भीम आचार्यले जित्ने अनुमान पनि फेल भयो।

महाधिवेशन प्रतिनिधीहरुले ओली समूहले बाँडेको भोट नहाल्ने सूची नै फलो गर्दै भोट हाल्दै सर्वसम्मत बनाउन ओलीले बनाएको सूची बाहिरका पदाधिकारीका सबै उम्मेदवार पराजित भए। भीम रावल ओलीकै प्रतिस्पर्धी भएकाले उनलाई पराजित गर्नु ओली समर्थकको धर्मै थियो। तर एमालेमा वैचारिक नीतिलाई अगाडि बढाउने भुसाल समेत अस्वीकार भए।

नीति मेरै भएकाले मैले नेतृत्व गर्न पाउनुपर्छ भन्ने भुसालको स्वरको प्रभाव देखिएन महाधिवेशन प्रतिनिधीहरुमा। उनीहरूले पूर्व माओवादीका नेताहरूलाई भोट खन्याए। हिजो माधवकुमार नेपालतिर लागेका सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई उपाध्यक्षमा स्वीकार गरे।

सचिवमा १० भाइ भनिएको समूहका योगेश भट्टराई र गोकर्ण विष्टलाई महाधिवेशन प्रतिनिधिले स्वीकार गर्दा भीम आचार्य र टङ्क कार्कीलाई भने स्वीकार गरेनन्। भीम अन्तिम समयमा आएर नेपाल समूहमा नगई प्रदेश १ मा मुख्यमन्त्री भएका थिए। उनी ओलीको सूचीमा सचिवमा नअटेपछि सचिवमा उम्मेदवारी दिएका थिए। उनी करिब २ मतको अन्तरले पराजित भए।

मंसिर १४, २०७८ मंगलबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।