ओलीको प्रस्तावित सूचि बहिष्कार गरेका सबै पराजित 

ओलीको प्रस्तावित सूचि बहिष्कार गरेका सबै पराजित 

चितवन : नेकपा एमालेका निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावित सूचि अस्वीकार गर्दै उम्मेदवारी दिएका सबै पराजित भएका छन्।

दसौँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि बन्द सत्रमा ओलीले प्रस्ताव गरेको सूचि अस्वीकार गर्दै उम्मेदवारी दिएका सबै जना पराजित भएका हुन्। 

एमालेको सर्वसम्मत अध्यक्ष हुन ओलीले प्रस्ताव गरेको सूचि बहिष्कार गर्दै पदाधिकारीका उम्मेदवारी दिएका भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र टङ्क कार्की पराजित भए। अध्यक्षमा रावलले ओलीसँग प्रतिस्पर्धा गरेका थिए। उनले २२३ मत ल्याए। 

ओली सूचि बहिष्कार गरेर उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भए। उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल र सुवास नेम्वाङ नै निर्वाचित भएका छन्। 

यस्तै सचिवमा ओलीको सूचि बहिष्कार गरेर उम्मेदवारी दिएका भीम आचार्य र टङ्क कार्की पनि पराजित भएका छन्।

७ सचिव पदमा गोकर्ण विष्ट १९७६, योगेश भट्टराई १९६४, पद्मा अर्याल १८००, छविलाल विश्वकर्मा १८००, लेखराज भट्ट १७०४, टोप बहादुर रायमाझी १७०० र रघुवीर महासेठ १५१३ मत ल्याए विजयी भएका छन्। 

भीम आचार्यले १३ सय र टङ्क कार्कीले ५ सय मत ल्याए। एमालेमा ओलीको प्यानल नै विजयी भएको छ। 

मंसिर १४, २०७८ मंगलबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।