कर्णाली प्रदेश : एमाले सांसद अनुपस्थित, मुख्यमन्त्रीकाे प्रस्तावमा भएन मत विभाजन

कर्णाली प्रदेश : एमाले सांसद अनुपस्थित, मुख्यमन्त्रीकाे प्रस्तावमा भएन मत विभाजन

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गरेका छन्। प्रस्ताव माथि मत विभाजन भने बुधबार बस्ने बैठकमा हुने भएको छ। 

एमाले सांसदहरू जिल्ला बाहिर भएकोले सहभागी हुन नसकेको कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

‘प्रतिपक्षी दल नेकपा एमालेबाट कुनै पनि सांसद बैठकमा उपस्थिति हुनु भएन,’ सचिव बुढाथोकीले भने’, ‘पूर्व तालिकाअनुसार १ बजे बैठक आह्वान गरिएको थियो। प्रमुख प्रतिपक्षी दलको नेता र सांसदहरू महाधिवेशनमा चितवन गएका कारण बैठकमा नआएको कुरा जानकारी भयो।’

एमालेका सांसदको उपस्थिति नभएपछि विश्वासको मत लिने सम्बन्धी प्रस्तावमा बुधबार मात्रै मत विभाजन हुने भएको हो।

कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त शाहीले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

मंसिर १४, २०७८ मंगलबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।