एमाले उपाध्यक्षको मत परिणाममा अष्टलक्ष्मी पहिलो, घनश्याम अन्तिम
चितवन : एमाले उपाध्यक्षको प्रारम्भिक मत परिणाममा अष्टलक्ष्मी शाक्य सबैभन्दा अगाडि देखिएकी छिन् भने घनश्याम भुसाल सबैभन्दा पुछारमा छन्।
प्रारम्भिक मत परिणाम अनुसार शाक्यको १९७६ छ भने भुसालको ७ सय २५ मत आएको छ। युवराज ज्ञवालीको १८४२, रामबहादुर थापा बादलको १७६८, विष्णु पौडेलको १८५६, सुरेन्द्र पाण्डेको १९२५ र सुवास नेम्वाङको १८६५ मत आएको छ।
केपी ओलीले १८ सय बढि मत ल्याएर अध्यक्षमा जितिसकेका छन्।
मंसिर १४, २०७८ मंगलबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।