ओलीले जिते एमाले अध्यक्ष, औपचारिक घोषणा मात्र बाँकी

ओलीले जिते एमाले अध्यक्ष, औपचारिक घोषणा मात्र बाँकी

चितवन : एमाले नेतृत्वका लागि भएको निर्वाचनमा केपी ओलीले भीम रावललाई पराजित गरेका छन्। पूर्ण मत परिणाम नआई रावल पराजित भएका हुन्।अध्यक्षमा केपी शर्मा ओलीले एक हजार *८ सय ८ मत ल्याइसकेका छन्। रावलले २३० मत ल्याएका छन्।

एमालेले १० औँ महाधिवेशनमा विद्धुतिय मतदानको  प्रयोग गरेको थियो।  कुल २ हजार ९२ ले मत खसेको थियो। प्रारम्भिक रुझान हेर्दा ओलीले ठुलो अन्तरले रावललाई पराजित गर्ने देखिन्छ। प्रारम्भमा सर्वसम्मत नेतृत्व चयन गर्न खोजेपछि रावलले अस्वीकार गरेपछि निर्वाचन भएको हो।

बिहान २ बजेबाट मतदान सुरु हुने भनिए पनि ४ वजेबाट शुरु भएको थियो। नवौँ महाधिवेशनमा सकसकासाथ जितेका ओलीले १० औँ महाधिवेशनमा भने अध्यक्षमा सहजै जितेका छन्। अध्यक्षको मत गणना सकिएपछि उपाध्यक्ष र सचिवको मतगणना हुनेछ।

*अपडेट

 

मंसिर १४, २०७८ मंगलबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।