'प्रहरी हुँ' भन्दै व्यापारीसँग पैसा उठाउने पक्राउ
मोरङः नेपाल प्रहरीले व्यापारीसँग पैसा उठाउने एक जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ स्थित दक्षिण गेटबाट 'सादा पोशाकको प्रहरी हुँ' भन्दै स्थानीय व्यापारीहरूसँग पैसा उठाउने ३१ वर्षीय पुष्प राज चेम्जोङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
उनले उक्त क्षेत्रमा 'प्रहरी हुँ' भन्दै व्यापारीसँग रकम माग गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीउपर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मंसिर १४, २०७८ मंगलबार १४:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।