एमालेमा ओलीराज तोड्न सकेनन् रावलले : ओलीले ल्याए १४ सय मत
चितवन : एमाले नेतृत्वका लागि भएको निर्वाचनमा केपी ओलीले भीम रावललाई पराजित गरेका छन्। पूर्ण मत परिणाम नआई रावल पराजित भएका हुन्।अध्यक्षमा केपी शर्मा ओलीले एक हजार ४ सय ५५ मत ल्याइसकेका छन्। रावलले ९६ मत ल्याएका छन्।
एमालेले १० औँ महाधिवेशनमा विद्धुतिय मतदानको प्रयोग गरेको थियो। कुल २ हजार ९२ मत खसेको थियो। प्रारम्भिक रुझान हेर्दा ओलीले ठुलो अन्तरले रावललाई पराजित गर्ने देखिन्छ। प्रारम्भमा सर्वसम्मत नेतृत्व चयन गर्न खोजेपछि रावलले अस्वीकार गरेपछि निर्वाचन भएको हो।
बिहान २ बजेबाट मतदान सुरु भएको थियो। अध्यक्षको सबै परिणाम आएपछि अन्य पदाधिकारीको मत गणना हुनेछ। उपाध्यक्षमा घनश्याम भुसाल उम्मेदवार छन्।
मंसिर १४, २०७८ मंगलबार १४:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।