एमाले अध्यक्षमा ओलीले रावललाई ८ सय मतले पछि पारे
चितवन : एमाले नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा २६ मेसिनको मत गन्दा अध्यक्षमा केपी शर्मा ओलीले ९ सय ३ मत पाएका छन्। उनका प्रतिस्पर्धी भीम रावलले ७९ मत पाएका छन्।
एमालेले १० औँ महाधिवेशनमा विद्धुतिय मतदानको प्रयोग गरेको थियो। कुल २ हजार ९२ ले मत खसेको थियो। प्रारम्भिक रुझान हेर्दा ओलीले ठुलो अन्तरले रावललाई पराजित गर्ने देखिन्छ। प्रारम्भमा सर्वसम्मत नेतृत्व चयन गर्न खोजेपछि रावलले अस्विकार गरेपछि निर्वाचन भएको हो।
विहान २ वजेबाट मतदान शुरु भएको थियो।
मंसिर १४, २०७८ मंगलबार १४:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।