प्रारम्भिक मत परिणाममै ओलीको उच्च अग्रता : ओलीको ६७४, रावलको ७४

प्रारम्भिक मत परिणाममै ओलीको उच्च अग्रता : ओलीको ६७४,  रावलको  ७४

चितवन : प्रारम्भिक मतगणनामा अध्यक्षमा केपी शर्मा ओलीले ६ सय ७४ मत पाएका छन्। भीम रावलले ७४ मत पाएका छन्।

मतदान सकिएपछि मतगणना सुरु भएको हो। २ हजार ९२ ले मत दिएका छन्। प्रारम्भिक रुझान हेर्दा ओलीले अध्यापिका मतले रावललाई पराजित गर्ने देखिन्छ। अहिले अध्यक्षको मत गणना भइरहेको छ। अध्यक्षको मत गणना सकिएपछि अन्य पदको मत गर्ने निर्वाचन आयोगको तयारी छ।

मंसिर १४, २०७८ मंगलबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।