रावलको प्रश्न- 'उम्मेदवारी नै नदिएको पदमा मेरो नाम कसरी आयो ?'

रावलको प्रश्न- 'उम्मेदवारी नै नदिएको पदमा मेरो नाम कसरी आयो ?'

चितवनः नेकपा एमालेका नेता तथा १०औं महाधिवेशनका अध्यक्षका प्रत्यासी भीम रावलले मतदान गर्न जाँदा आफूले उम्मेदवारी नै नदिएको पदमा आफ्नो नाम देखे। रावलले अध्यक्ष पदमा उम्मेदवारी दिए पनि उनको नाम भने केन्द्रीय सदस्य पदमा पनि थियो। 

'म अध्यक्षको उम्मेदवार हुँ। त्यसबाहेक कुनै पदमा मेरो उम्मेदवारी पर्दैन भनेको थिएँ निर्वाचन आयोगलाई। तर भित्र मतदान गर्न जाँदा सदस्यमा पनि मेरो नाम देखें', उनले भने।  

रावलले यसअघि ८औं महाधिवेशनमा पनि यस्तै भएको स्मरण गरे। 'मैले त्यति बेला पनि सदस्यमा उम्मेदवारी दिएको थिइनँ। अहिले पनि केही साथीहरू विवादको विषय बनाउँछन् शपथ नलिएको भनेर। मैले भने जुनमा उम्मेदवारी नै दिएको थिइनँ त्यसमा कसरी शपथ लिन्छु?' 

रावलले यसपटक पनि अध्यक्ष पदमा बाहेक अन्यमा विजयी भए शपथ नलिने र पद अस्वीकार गर्ने बताएका छन्। भने- 'अहिले पनि मैले उम्मेदवारी दिएको छैन। अध्यक्षमा जितें भने शपथ लिन्छु। नभए लिन्न।'

मंसिर १४, २०७८ मंगलबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।