एमाले महाधिवेशन: २ दिन लम्बिदा डेढ करोड खर्च बढ्यो
चितवनः नेकपा एमालेको १०औं महाधिवेशन निर्धारित तालिकाअनुसार चलेको हुन्थ्यो भने आइतबारै सम्पन्न हुनुपर्ने थियो। तर सर्वसम्मतिमा नेतृत्त्व चयन गर्ने महत्त्वकांक्षाले महाधिवेशन दुई दिन त लम्बियो नै, खर्च पनि बढ्यो।
नेकपा एमालेका नेता शेरबहादुर तामाङका अनुसार दुई दिन महाधिवेशन लम्बिदा अनुमानितभन्दा खर्च डेढ करोड बढेको छ। तीन दिनमा सक्ने भनिएको महाधिवेशनको अनुमानित लागत ७ करोड हुने अनुमान थियो।
'सबै गरेर डेढ करोडजति खर्च बढेको अनुमान छ,' तामाङले भने, 'दिन लम्बिँदा खर्च पनि बढ्यो।'
उनले अन्तिममा आएर मात्रै चुनाव गरिएको पनि बताए। बिहान ४ बजेसम्म सहमतिमा टुङ्ग्याउन खोजिएको तर, नभएपछि मात्रै चुनाव भएको उनले बताए।
मंसिर १४, २०७८ मंगलबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।