एमाले महाधिवेशन: मतदान सकियो, अन्य विवरण आउन बाँकी
चितवनः नेकपा एमालेको १०औं महाधिवेशनको मतदान प्रक्रिया सकिएको छ। आज बिहान ४ बजेबाट जारी मतदान निर्धारित समय साढे १०:३० भन्दा केही मिनेट ढिलो गरी सकिएको हो।
यद्यपि, कति मत खस्यो भन्ने विवरण भने आउन बाँकी नै छ। एमालेको महाधिवेशनमा कुल २ हजार १५३ प्रतिनिधि छन्। यस्तै प्रत्येक भोटिङ मेसिनमा भएको डेटा एकीकृत गर्नुपर्ने काम बाँकी रहेको छ।
एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अन्तिम मत खसाल्दै मतदान प्रक्रिया सकिएको हो।
मंसिर १४, २०७८ मंगलबार १०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।