हुम्लामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी
हुम्लाः जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको छ। ७८ क्विन्टल खाद्यान्न नेपाली सेनाको हेलिकोप्टरबाट सोमबारदेखि ढुवानी थालिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहेकाले लिमीका भोकमारीको खतरा देखिएको थियो।
प्रजिअ आचार्यले आज पनि खाद्यान्न ढुवानी गरिने जानकारी दिए। लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताएका छन्।
मंसिर १४, २०७८ मंगलबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।