दुई हजार मत खस्यो, मतदान अवधि आधा घण्टा थप

दुई हजार मत खस्यो, मतदान अवधि आधा घण्टा थप

चितवनः नेकपा एमालेको १०औं महाधिवेशनमा जारी मतदान प्रक्रियामा दुई हजार मत खसेको छ। मतदान प्रक्रिया आज बिहान ४ बजेबाट जारी छ। 

एमालेको यस पटकको महाधिवेशनमा कुल दुई हजार एक सय ५३ महाधिवेशन प्रतिनिधि रहेका छन्। अब बाँकी प्रतिनिधिले आधा घण्टाभित्र मतदान प्रक्रिया सक्ने अनुमान गरिएको छ।

मतदान अवधिलाई पनि आधा घण्टा थप गरिएको छ। आज बिहान १० बजेभित्र मतदान प्रक्रिया सक्ने भनिए पनि साढे १० हुनै लाग्दा समेत सकिएको छैन।

एमालेको महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदमा नयाँ नेतृत्त्वका लागि मतदान भइरहेको छ। अन्य पदमा हिजै निर्विरोध पदाधिकारी चयन भइसकेका छन्।

मंसिर १४, २०७८ मंगलबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।