घनश्याम भुसालले कार्यकर्ताको भावनाको सम्मान गरेनन्: उपमहासचिव गुरुङ
चितवनः नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव पदमा निर्विरोध निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङले घनश्याम भुसालले कार्यकर्ताको भावनाको सम्मान गर्न नसकेको बताए। मङ्गलबार उकेरासँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
'उहाँ चाहिँ नउठी नछोड्ने। त्यहाँ चुनाव हुने भयो। उहाँले ठूलो म्यान्डेट गुमाउनु भयो। कार्यकर्ताको भावना उहाँले सम्मान गर्न सक्नुभएन', उनले भने। सँगसँगै उनले चुनाव लड्न पाउने अधिकारकै कुरा भएको पनि बताए।
यस्तै प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आचार्यको सन्दर्भमा भने उनले नरम भाषाको प्रयोग गरे। 'उहाँ चाहिँ छुट्नु भयो। छुट्न नहुन भएर चुनावमा उठ्नुभयो', गुरुङले भने।
मंसिर १४, २०७८ मंगलबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।