रामेछापको खाँडादेवीमा सवारी दुर्घटना, २० जना घाइते

रामेछापको खाँडादेवीमा सवारी दुर्घटना, २० जना घाइते

रामेछापः जिल्लाको खाँडादेवी गाउँपालिका-४ मा सोमबार सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन्। सोमबार मध्यान्ह १२ बजे ना७ख ६७६७ नम्बरको निसान गाडी तीव्र गतिका कारण सडको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

६ जना घाईतेहरूलाई उपचारको लागि काठमाडौं ल्याइएको छ भने अन्य घाईतेहरूको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ।

गाडी चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय खाँडादेवीले जानकारी दिएको छ।

मंसिर १४, २०७८ मंगलबार ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।