मौसम अपडेट: अरब सागरको प्रभाव, देशभर आंशिक बदली रहने
काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रहने बताएको छ। हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको कारण मौसममा बदली हुने भएको हो।
हाल मौसममा बदली भइरहेको छ भने आज दिनभर नै आंशिक बदली हुनेछ।
राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंसिर १४, २०७८ मंगलबार ०७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।