प्रधानन्यायाधीश राणालाई कोरोना र निमोनिया

प्रधानन्यायाधीश राणालाई कोरोना र निमोनिया

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो।

यस्तै उनलाई निमोनिया पनि देखिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश राणा केही दिन यता बालुवाटारस्थित सरकारी निवासमा बसेका थिए। उनलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ।

मंसिर १४, २०७८ मंगलबार ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।